मन्त्री पदबाट लामिछानेको राजिनामा

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्धामा गरेको फैसलाले सांसद पद खारेज भएसँगै उनले मन्त्री पदबाट राजिनामा दिएको छ ।

लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’, प्रचण्डसमक्ष राजिनामा पेश गरेको हो । गृह मन्त्रालयबाट निस्किने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूले सर्वाेच्चको फैसला मान्ने बताए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको थियो । लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ। ।

प्रतिक्रिया