पोखरामा एक पुरुषले गरे आत्मदाहको प्रयास

पोखरा महानगर १३ काहुँखोलामा जलेर एक जना घाइते भएका छन् भने बचाउन गएकी महिला पनि घाइते भएको छिन् ।
४३ वर्षका पुरुषले आफैँले आगो लगाएर आत्महत्या गर्न खोज्दा बचाउन खोज्ने एक महिला पनि घाइते भएकी हुन् ।
प्रहरीले दुवैको नाम गोप्य राखेको छ। घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रतिक्रिया






