जाडो छल्न ठाकुर परिवारलाई जस्तापाता र ब्लांकेट प्रदान

जनकपुरधाम । सिराहा नगरपालिका वडा नं.१९ का एकजना गरिब घरपरिवारलाई न्यानो सामग्री प्रदान गरेको छ ।
नगरपालिकाका मेयर डा.नविन कुमार यादवले वडा नं.१९ सनैठाका कैला ठाकुरलाई ब्लैंकेट र जस्तापाता दिएका छन् । बढ्दो चिसोलाई मध्यनजर गर्दै मेयर यादवले आईतबार बिहान ब्लैंकेट र जस्तापा प्रदान गरेका हुन् ।
आर्थिक अवस्था निकै दयनीय रहेको ठाकुर परिवारले नगरपालिकाबाट उक्त सामग्री पाएपछि हर्षित भएका थिए । ठाकुरको घरपरिवारमा श्रीमति, छोरा बुहारी र दुई जना नाती नातिनीसहित पाँच जना सदस्य छन् ।
ठाकुरको छोरा घरपरिवारको जीविकोपार्जन चलाउँन भारतको पंजावमा कमाईरहेका छन् ।
मेयर यादवले अगामी दिनमा पनि उनको घरपरिवारलाई नगरपालिकाबाट चाहिने आवश्यक सहयोग निरन्तर प्रदान गरिरहने प्रतिबद्धता जनाए ।
यसअघि पनि मेयर यादवले नगरपालिकाका अन्य वडाहरुमा गरिब घरपरिवारहरुलाई न्यानो सामग्रीहरु वितरण गर्दै आएका छन् ।






