२८ दिनपछि मधेस प्रदेशसभाको बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज २८ दिनपछि बस्दैछ । गत माघ ४ गतेदेखि स्थगित बैठक आज बस्न लागेको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

सभामुख रामचन्द्र मण्डलद्वारा आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया