परिदि अटोमोबाइल्सले पनि सार्वजनिक गर्यो सुजुकीको ‘ग्राण्ड भिटारा’ र नयाँ ‘ब्रेजा’

नेपालका लागि सुजुकी व्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक CG|Motocorp तथा CG|NXTGEN नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र “ब्रेजा” सार्वजनिक गरेको छ ।
देशभरका सुजुकीको सोरुममा एकसाथ दुबै एसयूभी सार्वजनिक गरिएको हो । यसै क्रममा परिदी अटोमोबाइल्स प्रा. लि. कलङ्कीले पनि आफ्नो सोरुममा एक कार्यक्रम गर्दै ‘द ग्राण्ड भिटारा’ सार्वजनिक गरेको छ ।
कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ ।
‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै “Crafted Futurism Design Language” को प्रयोग गरिएको छ । जसले अरुभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ ।
सुजुकीको लेजेण्डरी All-Grip टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरू पनि पाउन सकिन्छ ।
ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने “Full Hybrid” प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।
पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ ।
एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन् ।
निकै प्रतिस्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ ।
परिदी अटोमोबाइल्स प्रा. लि का कार्यकारी निर्देशक दिपेश दत्तका अनुसार “पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ । यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ conditions हुन् जसको लागि एसयूभी उचित हुन्छ ।
उनले ग्राहकवर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गरेको बताए ।
सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेन्टमा Game Changer हुने उनले बताए ।
परिदि अटोमोबाइल प्रा. लि, कलङ्कीले गरेको सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता रमण कर्णले यसको डिजाइन एवं टेक्नोलोजी उत्कृष्ट रहेको साथै यस एसयूभी माडेलले राम्रो बजार लिनेमा विश्वास व्यक्त गरे ।
Highlights of New Grand Vitara
क्राफ्टेड फ्युचरिज्म डिजाइन (Crafted Futurism Design Language)
भविष्यबाट प्रेरित, यो डिजाइन भाषा नयाँ नेपाली ग्राहकको राजाईसँग मेल गर्न विशेष रूपमा तयार गरिएको छ । यो डिजाइन तीन मुख्य आधारमा प्रतिबद्ध हुन्छ ।
➢ NEXpression: कलात्मक रूपमा डिजाइन गरिएको
➢ NEXtech: नयाँ युगको प्रविधि जुन नयाँ पिडिका ग्राहकहरुको रोजाईमा पर्दछ ।
➢ NEXperienceM Experience, तपाईं साँच्चै प्रिमियम सुजुकी गाडी चलाउँदै हुनुहुन्छ ।
नयाँ–युगको NEXTech प्रविधि
a. Revolutionary Powertrains: ग्रान्ड भिटारा दुई फरक इन्जिनका विकल्पहरूमा उपलब्ध छन् ।
१.५ लि. इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड इन्जिन
दोहोरो पावर प्रणाली : विद्युतीय मोटर र पेट्रोल इन्जिन
आफै चार्ज हुँने र energy regeneration प्रबिधि युक्त पावरफुल इलेक्ट्रिक हाइब्रिड इन्जिन
फरक बाटोको लागि फरक फरक ड्राइभ मोडहरू : (EV, Eco, Power and Normal)
उत्कृष्ट पावर र पिकअप
सेगमेन्ट मै राम्रो माइलेज २७.९७ कि.मि.÷लिटर
प्रोग्रेस्सिभ स्मार्ट हाइब्रिड प्रणाली युक्त नेक्स्ट–जेन के–सिरिज, १.५ लि. डुअल जेट डुअल VVT इन्जिन
– ब्रेक इनर्जी रि–जेनेरेसन (Brake Energy Regeneration) र टर्क असिस्ट (Torque assist)
– आइडल स्टार्ट स्टप (Idle Stop Start)
– 21.11 कि.मी.लिटरसम्म उत्कृष्ट माइलेज
• Suzuki ALLGRIP उत्कृष्ट अफ–रोडिङ क्षमता :
– रमाइलो र आनन्दको ड्राइभ
– सुरक्षित
– ALLGRIP SELECT – चालकले आफै छान्न सक्ने मोडहरु Auto, Sport, Snow and Lock drive modes
• नेक्स्ट–जेन पावरट्रेन को साथै द ग्राण्ड भिटारामा नेक्स्ट–जेन प्रबिधिहरु पनि छन् । जस्तै :
– रंगीन हेड्स अप डिस्प्ले
– ३६० डिग्री क्यामेरा र पार्किङ सेन्सर
– २२.८६ से.मी. (९”) स्मार्ट प्ले प्रो+इन्फोटेनमेन्ट सिस्टम
– Qi–प्रमाणित वायरलेस चार्जर

• ग्रान्ड भिटारामा भएको आकर्षक फिचरहरूले NEXperience लाई पूर्ण परिभाषित गर्दछ :
– प्यानारोमिक सनरुफ
– पूर्ण डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर (Digital Instrumental Cluster)
– चालक र सहचालकलाई भेन्टिलेटेड सीट
सुजुकी टेक्ट प्लेटफार्म (विश्वव्यापी सी–प्लेटफार्म) मा निर्मित ग्रान्ड भिटारा सुजुकी सुरक्षा शिल्डद्वारा सुरक्षित छ :
– ६ वटा एयरव्याग
– इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र चारवटै चक्कामा डिक्सब्रेक
– टायर प्रेसर मोनिटरीङ सिस्टम
Highlights of New Brezza
आधुनिक र आरामदाई इन्टेरियर
स्पोर्टी अनुभवको लागि ड्यूल टोन कालो र ब्राउन इन्टेरियर (डाइनामिक हनीकोम्ब प्याटर्न (Dynamic honeycomb pattern)
चालकको आराम र सुविधालाई ध्यान दिई बनाएको इन्टेरियर, थप आकर्षक बनाउन इन्स्ट्रुमेन्टल प्यानलमा सिल्वर फिनिश
गुणस्तर र प्रिमियम ड्यासबोर्ड डिजाइन
फरक ड्राइभिङ अनुभवको लागि इन्टेरियर एमबिएन्ट लाइट
फराकिलो इन्स्ट्रुमेन्टल प्यानल र रङ्गीन मल्टी इन्फरमेसन डिस्प्ले
फराकिलो पछाडीको सिट जसले लामो दुरीको यात्रालाई आराम्दाई बनाउछ
नयाँ–पुस्ताका ग्राहकहरूको लागि नेक्स्ट–जेन टेक्नोलोजी
रङ्गीन हेड्स अप डिस्प्ले
३६० डिग्री क्यामेरा र पार्किङ सेन्सर
२२.८६ सेमी (९”) स्मार्ट प्ले प्रो+इन्फोटेनमेन्ट सिस्टम
Qi–प्रमाणित वायरलेस चार्जर

तपाईं र तपाईंका प्रियजनहरूको लागि चौतर्फी सुरक्षा
६ वटा एयरव्याग
सबै भेरियन्टमा इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल र हिलहोल्ड असिस्ट
२०+ सुरक्षा सुविधाहरूः रिभर्स पार्किङ सेन्सर, हाई–स्पीड अलर्ट सिस्टम, क्ष्क्इँक्ष्ह् चाइल्ड सिट रिस्ट्रेन्ट सिस्टम, आदि
नेक्स्ट–जेन पावरट्रेन र ट्रान्समिसन
प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रणाली युक्त नेक्स्ट–जेन के– सिरिज, १.५ लि. डुअल जेट डुअल VVT इन्जिन
२०.१५ कि.मी./लिटर सम्मको उत्कृष्ट माइलेज

“Special Introductory Price” मा ब्रेजा र द ग्राण्ड भिटारा बुक गर्ने अन्तिम दिन २७ फाल्गुन २०७९ लन्च अगाडी लागु गरिएको प्रि–बूकिंग अफरमा ब्रेजा र द ग्राण्ड भिटारा “Special Introductory Price” मा बुक गर्न पाईने सुबिधा थियो । यो सुबिधामा बुक गर्ने अन्तिम दिन २७ फाल्गुन २०७९ सम्म रहनेछ । शनिवारको दिन नेपाल अधिराज्य भरका सोरुम खुल्ला रहने जानकारी कम्पनीले दिएको छ ।







