धनुषामा नाबालिगलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

जनकपुरधाम । धनुषामा ११ वर्षीय नाबालिग छात्रालाईबलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
जिल्लाको सबैला नगरपालिका ३ स्थितएक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि फरार शिक्षक पक्राउ परेका छन्।
सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीयाछात्रालाई शौचालयमा थुनेर जबर्जस्ती गरेको आरोपमा शिक्षक दीपेन्द्र यादवलाईपक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिएको छ ।
बलात्कार आरोपी शिक्षक यादवलाई सिरहाको बन्दीपुरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवकोटाले जनाए ।
प्रतिक्रिया






