मर्यादित, सम्मानित र प्रतिष्ठित मन्त्रालय बनाउँछु : मन्त्री भण्डारी

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले श्रम मन्त्रालयलाई मर्यादित, सम्मानित र प्रतिष्ठित मन्त्रालयका रुपमा अगाडि बढाउने बताएको छ । मन्त्रीमा नियुक्त भएपछि आज ललितपुरको बाँडेगाउँस्थित नेपाली कांग्रेसका संस्थापक नेता स्व कृष्णप्रसाद भट्टराईको शालिकमा माल्र्यापण गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै विदेशिएका श्रमिकलाई स्वदेश फर्काउने र उनीहरुको सीपलाई स्वदेशको समृद्धिमा लगाउने विषयलाई आफूले प्राथमिकतामा राखेको बताए ।
वैदेशिक रोजगारीमा गएका श्रमिकका शव ‘कफिन’मा आउने अवस्थाको अन्त्य गरिने बताए । जनतालाई समृद्धिको प्रतिफल दिन सम्पूर्ण नेताहरुले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै उनले सरकारको ध्यान ‘डेलिभरी’ दिनलाई केन्द्रित हुने बताए ।
प्रतिक्रिया






