एमालेले लियो मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

जनकपुरधाम । नेकपा एमालेले मधेस प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिएका हुन् ।

जसपा–एमालेसहितको गठबन्धनमा मुख्यमन्त्री सरोजकुमार यादवलाई समर्थन गर्दै विश्वासको मत दिएर सरकारमा सहभागी भएको एमालेले संसदीय दलको बैठकको निर्णयअनुसार समर्थन फिर्ता लिएको हो । प्रदेश सरकारबाट एमाले चैत २१ गते बाहिरिए पनि समर्थन कायमै राखेको थियो ।

एमालेले मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार, गृह तथा सञ्चार, महिला, बालबालिका, युवा तथा खेलकुद र कानुन, न्याय तथा प्रदेश सभा मामिला गरी चारवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको थियो ।

गत पुस १० गते एमाले संघीय सरकारसँगै मधेस सरकारमा पनि सहभागी भएको थियो । तर, राष्ट्रपति निर्वाचनमा माओवादीले गठबन्धन बदलेसँगै केन्द्र सरकारबाट बाहिरिएको एमाले मधेस सरकारबाट समेत बाहिरिएको थियो । मधेस प्रदेशसभामा नेकपा एमालेका २५ जना प्रदेशसभा सदस्य छन् । एमाले प्रदेशको सबैभन्दा ठूलो दल हो ।

प्रतिक्रिया