बटेश्वर गाउँपालिकामा सर्पको टोकाइबाट ५ वर्षीया बालिकाकाे मृत्यु

धनुषा– धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेको उनकी आमा रञ्जनाले थाहा पाएकी थिइन् । अभिभावकले तत्कालै उपचारको लागि सिरहाको बन्दीपुर सर्पदंश उपचारका केन्द्रमा पुर्‍याएका थिए ।

प्रतिक्रिया