साताको पहिलो दिन आइतबार नेप्से २८.३८ अंकले बढ्याे

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २८.३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७७ अंकमा कायम भएको छ । ३ अर्ब ४ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । १६८ कम्पनीको मूल्य बढ्दा ५० को घट्यो भने ६ को स्थिर रहृयो ।
बैंकिङ ८, विकास बैंक ५९, फाइनान्स ३९, होटल तथा पर्यटन २६७, जलविद्युत् ०.१२, जीवन बीमा २१५, उत्पादन ९६, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा २५८, अन्य ४१ र ब्यापार उपसमूह १०३ अंक बढे । प्रतिशतका आधारमा होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ४.६ प्रतिशत बढ्यो ।
रावा इनर्जीको मूल्य १० प्रतिशत बढ्दा सिटी होटलको ९.५ प्रतिशत बढ्यो । माथिल्लो तामाकोसीको मूल्य सबैभन्दा धेरै ६.६ प्रतिशत र बीपीडब्लू लघुवित्तको ४.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, अरुण काबेली र माथिल्लो तामाकोसी क्रमशः अगाडि रहे ।






