सञ्चारमाध्यमलाई आफू विरुद्ध प्रयोग गरियो : मन्त्री यादव

जनकपुधरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले पत्रकारहरुलाई सत्यतथ्य अनुसन्धान नगरि हावातालमा लाइक र भ्यूका लागि समाचार नलेख्न आग्रह गरेकी छिन् । केही सञ्चारमाध्यमहरुमा मन्त्री यादवविरुद्ध समाचार प्रकाशित भएपछि उनी मिडियाप्रति खनिएका हुन् ।
सोमबार मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री यादवले आफूविरुद्ध अख्तियारमा उजुरी परेको र सो उजुरी छानविनकै क्रममा रहेकोले उजुरी पर्ने वित्तिकै आफू दोषी नभएको बताएकी छिन् । उनले भनिन्, आफू विरुद्ध उजुरी परेपछि केही सञ्चारमाध्यममा आफूलाई दोषी नै करार गर्ने गरि समाचार प्रकाशित भएपछि दुःख लागेको छ । पत्रकार साथीहरुले त कम्तीमा सत्यता बुझ्नुपर्यो नि ।
मन्त्री यादवले कुनै पनि निकायको विरुद्ध अख्तियारमा उजुरी परेपछि पहिला कागजात मागिने, अध्ययन अनुसन्धान हुने त्यसपछि मात्रै दोषी करार हुने बताईन् ।
चालु आर्थिक वर्षमा अधिकांश योजना तपाईँ आफनो बुवा रामवृक्ष यादवको नाममा नै राख्नु भएको छ नि ? भन्ने जिज्ञासामा मन्त्री यादवले आवश्यकतामा आधारमा राखिएको बताए । रामवृक्ष यादव मेरो बुवा मात्र नभई जनयुद्वको प्रथम शहिद र पुरा परिवारको सहादत दिइएको परिवारको अभिभावक समेत भएकाले वीपी कोइराला, मदन भण्डारीको नाममा देशभरिमै अनेक प्रतिष्ठानहरु रहे जस्तै उहाँको नाममा पनि रहनु कुनै आश्चर्यको कुरा नभएको जिकिर गरिन ।
केहि सञ्चारमाध्यममा मन्त्री यादव र उनका श्रीमानको कमिसन आतंक मच्चाएको समाचार बारे उनले पत्रकारहरुलाई आफू विरुद्ध प्रयोग गरिएको बताईन् ।
उनले आयोगाबट आएको पत्र सार्वजनिक गर्ने कर्मचारीलाई पनि कारवाही हुने बताईन् । मन्त्री यादवले उक्त पत्र सार्वजनिक गर्ने कर्मचारीबारेमा छानविन प्रक्रिया अघि बढेको जनाउँदै छानविन गरी कारवाही गर्ने जनाइन् ।
‘हामीले मन्त्रालयबाट आन्तरिक छानविन थालिसकेका छौँ छिट्टै नै अख्तियारको पत्र प्रायः हरेक कार्यालयहरुमा आउनु स्वाभाविक नै हो, यस मन्त्रालयमा पनि आयो, उनले भनिन्, यस मन्त्रालयले अख्तियारको पत्रको जवाफ दिन नपाउँदै एकाएक मन्त्रालयको गोप्य कागजातहरु अन्यत्र सार्वजनिक हुनु गम्भिर विषयवस्तु रहेकाले यसबारेमा हामी गम्भिररुपमा छानविन गरिहेका छौँ, छिट्टै नै पत्ता लगाएर कारवाहीको दायरमा ल्याउने छौँ ।’
मन्त्री यादवले आफ्नो मन्त्रालयले फागुन महिनामै यस मन्त्रालयले खर्च गर्न नसकेको रकम अर्थ मन्त्रालयमा रकमान्तर गरी पठाइएको र मन्त्रालयको सर्वर गडबडीका कारण समावेश गरिएकाले गलत सन्देश गएको भनि प्रस्टिकरण दिइन् ।
उनले विगतमा पनि मुख्यमन्त्रीदेखि मन्त्रीहरुलेपनि रकमान्तर गर्दै आएको देखिएको कारणले पनि रकमलाई फ्रिज हुनबाट जोगाउनलाई आफुहरुले सरकारको प्रक्रिया अनुसार नै रकमान्तर गरेको बताइन् ।
उनले रकमान्तर गरिएको र विकास निर्माणको कामको नाममा कमिसन लिएको गलत र निराधार आरोप रहेको बताइन् ।
‘यस मन्त्रालय तथा आफुमाथि लगाइएको आरोपसहित पत्र आयोगबाट आएकोले यसलाई गम्भिर रुपमा लिएका छौँ, उनले अघि थप्दैँ भनिन्, ‘आरोप लाग्दैमा आफुले प्रक्रियागतरुपमा रकामन्तर गरेको मन्त्रालयामा रहेको कागजातहरुले स्पष्ट नै पार्नेछ भने कमिसनहरुको पनि वाहियात हो ।’
कुनैपनि विकास निर्माणको काम अघि ई–बिडिंग गर्नुपर्ने र ई–बिडिंगको क्रममा कुनैपनि किसिमको रकमको चलखेल हुने सवाल नै नरहेको दावी गर्दै मन्त्री यादवले आफुमाथि नियोजितरुपमा कमिसन लिएको हल्ला अफवाहरुपमा फैलाएको दावी गरिन् ।
उनले ६५ प्रतिशत भन्दा बढी विकास निर्माणको काम सम्पन्न गरेको दावीसमेत गरिन् ।






