सम्पन्न भयो राम मन्दिरको प्राण प्रतिष्ठा (तस्बिरसहित)

जनकपुरधाम । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको हो।

बीबीसीका अनुसार आज दिउँसो १२ः२९ मिनटमा प्राण प्रतिष्ठाको मुख्य पूजा सुरु भएको थियो। र, १ बजे सम्पन्न भएको हो।

प्रधानमन्त्री मोदीले मन्दिरको गर्भ गृहमा विशेष पूजा गरेका छन्। उनले गर्भ गृहमा भगवान रामलाई फलफूल, कपडा र प्रसाद अर्पण गरेका छन्।

प्रधानमन्त्री मोदी राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका मुख्य यजमान छन्।

प्रधानमन्त्री मोदीबाहेक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित थिए।

राम मन्दिरको प्राण प्रतिष्ठा लगतै भारतीय सेनाको हेलिकप्टरबाट फूल बर्साइएको थियो।

मन्दिरको उद्घाटन समारोहमा भारतको खेल क्षेत्र, बलिवुड, राजनीतिक लगायत हरेक क्षेत्रबाट वरिष्ठ व्यक्तित्त्वहरू अयोध्या पुगेका छन्।

प्रतिक्रिया