महोत्तरीका आगलागी पीडितलाई सशस्त्र प्रहरी महिला संघद्धारा राहत वितरण

जनकपुरधाम । महोत्तरीका आगलागी पीडितलाई सशस्त्र प्रहरी महिला संघद्धारा राहत वितरण गरिएको छ । संघले मटिहानी नगरपालिका ६ जरलहवा टोल बस्तीका १ सय ३ घरधुरीलाई राहत वितरण गरेको हो ।

शनिबार आगलागीबाट पूर्ण रुपमा क्षतिग्रस्त उक्त क्षेत्रमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले पिडितहरुलाई राहत सामाग्री वितरण गरेकी छिन् । सोही अवसरमा संघले सामुहिक खानाको व्यवस्थापन गरेको थियो । मटिहानीको उक्त क्षेत्रमा बुधबार आगलागी भएको थियो।

स्थापनाकालदेखी नै मानविय सहयोग कार्यमा केन्द्रीत रहि विभिन्न समयमा घटेका विपद्का घट्नाहरुमा राहतका कार्यक्रमहरु संचालन गर्दै आएका संघले यस क्षेत्रमा पनि राहत वितरण गरेको हो । अध्यक्ष लामिछानेले संघको यो नियमति कार्यलाई यहाँ पनि निरन्तरता दिएको बताईन् । उनले पवित्र भुमि मटिहानीमा राहत तथा सामुहिक भोजनको कार्यक्रम गर्दा खुशी मसहुस भएको बताईन् ।

संघले वितरण गरेको राहतमा प्रत्येक घरपरिवारमा कम्बल १, सिरानी १, टाबेल १, पानी खाने बोतल १, जग १, माक्स १०, स्टिलको कचौरा २, स्टिलको गिलास २, स्टिलको थाल २, स्टिलको चम्चा २, ब्यक्तिगत सरसफाई किट (पुरुष÷महिला) तथा सामुहिक रुपमा प्रयोग गर्ने गरी १०÷१० थान शैचालय, प्यान तथा पाईप÷एल्बो लगायतका सामग्रीहरु रहेको थियो । साथै राहत वितरण पश्चात ७ सय जना आगलागी पिडितहरुलाई सामुहिक खाना खुवाईएको थियो ।

राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नामस्त बाहिनीका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती प्राब्दा सिंह शाह, सशस्त्र प्रहरी बल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु लगायत जनप्रतिनिधिहरुसहितको उपस्थिती थियो ।

कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले संघको यो राहत वितरण कार्यको प्रशंसा गरेको थियो ।

प्रतिक्रिया
नागरिक मिरर