सिरोहिया पक्राउको विरोधमा आन्दोलनमा उत्रिए जनकपुरका नागरिक समाज

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरका व्यापारीहरू तथा नागरिक समाज आन्दोलनमा उत्रिएका छन् ।

बुधबार जनकपुर उद्योग वाणिज्य संघको अगुवाइमा कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको विरोधमा व्यापारीहरू र नागरिक समाज आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका जनपुरका नागरिक समाज र व्यापारीहरूले जनकपुरको जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय जाने बाटोमा धर्नामा बसेका छन् ।

दोहोरो नागरिकतासम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई मंगलबार प्रहरीले थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले सिरोहियालाई पक्राउ गरेर बुधबार बिहान जिल्ला प्रहरी कार्यालय, धनुषाको जिम्मा लगाएको छ ।

यसअघि दोहोरो नागरिकतासम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको नेतृत्वमा खटिएको प्रहरीको टोलीले सिरोहियालाई कार्यकक्षमै पुगेर पक्राउ गरेको थियो ।

प्रतिक्रिया
नागरिक मिरर