शहीदनगरकी उपमेयरले लिएको घुसवापत रकम अझै फिर्ता गरिनन्

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा करारमा जागिर लगाइदिने भन्दै आवेदकसँग उपमेयर सुनिता कुमारी सिंहले घुस वापत लिएको रकम अझैँ फिर्ता गरेकी छैनन् ।

२०८० चैत अगावै उपमेयर सिंहले अहेब र कार्यालय सहयोगीमा जागिर लगाइदिने भन्दै आवेदकसँग २ लाखभन्दा बढी रकम घुस लिएकी थिइन । तर जागिर नलाईदिएपछि उनले सो घुस वापतको पैसा फिर्ता गर्ने सहमति गरेकी थिईन् । जुन सहमति पश्चात पनि उनले फिर्ता नगरेको पाइएको छ ।

उपमेयर सिंहले अहेबमा आवेदन दिएका व्यक्तिका ससुरा दुखी मण्डलसँग १ लाख ४० हजार र कार्यालय सहयोगीमा आवेदन दिएका व्यक्तिका ससुरा जमुना पासमानसँग ९० हजार रुपैयाँ लिएकी थिइन् । जुन २०८१ असारमसान्त सम्ममा फिर्ता गर्ने मौखिक सहमति भएको थियो । तर, उनले उक्त रकम हालसम्म पनि फिर्ता गरेकी छैनन् ।

‘असारमै फिर्ता गर्छु मौखिक सहमति भएको थियो’, घुस दिने ती मण्डल भन्छन्, ‘साउन पनि बित्न लाग्यो । तर, पटक पटक ती पैसा माग्दा पनि फिर्ता भएको छैन् । उपमेयर सिंहले यसअघि जागिरको नाममा रुपैयाँ लेनदेन भएको विषयमा नागरिक मिररमा समाचार प्रकाशन भएपछि उनले लिएको रुपैयाँ फिर्ता दिने आवेदकका सम्बन्धित व्यक्तिसँग मौखिक सहमति गरेको थियो ।’

नागरिक मिररसँग कुरा गर्दै उनले दुई शनिबार माग्न गएपनि सो पैसा फिर्ता नगरेको बताए । उनका अनुसार उपमेयरले पैसा दिन आलटाल गरिरहेको छ ।

उनले जागिरका लागि उपमेयर सिंहलाई सो पैसा ऋण लिएर दिएको बुझिएको छ । उनले आफुलाई ऋण दिएको व्यक्तिले पटक पटक मागेपछि उपमेयर सिंहलाई पटक पटक ताकेता गरे । तर, उनले अहिलेसम्म पैसा नदिएको आरोप लगाए ।

उनले ३६ प्रतिशत ब्याजमा पैसा लिएर जागिर लगाईदिन उपमेयर सिंहलाई पैसा दिएको बताएको छ । तर जागिर नभएपछि अब ती व्यक्तिले उपमेयर सिंहसँग त्यस अवधिको सो ३६ प्रतिशत ब्याज जोडेर मात्रै पैसा लिने बताए ।

उपमेयर सिंहले नगरपालिकाबाट चारजना अहेब र १३ जना कार्यालय सहयोगीका लागि २०७९ भादौ १९ मा गरेको विज्ञापनमा जागिर लगाईदिन भन्दै अग्रिम नै घुस वापतको रकम लिएको थियो । उक्त विज्ञापनमा शहीदनागर नगरपालिका–४ ननुपट्टीका एकजा अहेब र अर्का एक कार्यालय सहयोगीमा आवेदन दिएकी व्यक्तिको परिवाजनसँग उपमेयरले पैसा लिएको थियो ।

आवेदक दुबैजना नेपाली कांग्रेस समर्थक र उपमेयर सिंह पनि कांग्रेसबाटै निर्वाचित भएको हुँदा आवेदकका अभिभावकले जागिरका लगाइदिन गुहार गरेका थिए । तर, उपमेयरले जागिर लगाइदिने वापत अहेबका लागि लिएको ढेड लाख र कार्यालय सहयोगीका लागि लिएको ९० हजार दिनुपर्ने सर्त राखेकी थिइन् ।

सो पैसा उनीहरुले उपमेयर सिंहको घरमै पुगेर दिएको पनि बताएका छन् ।

उपप्रमुख सिंह नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् ।

यो पनिः करार जागिरको नाममा ठगेको रूपैया शहीदनगरकी उपमेयरले गरीन् फिर्ता गर्ने सहमती

शहीदनगर नगरपालिकाः पिउनको जागिर साट्ठी हजारमा र अहेबको लागि डेढ लाख, उपमेयर भन्छिन्-सम्भावना अझै छ

प्रतिक्रिया
एसके यादव