शहीदनगर नगरपालिका : पिउनको जागिर साट्ठी हजारमा र अहेबको लागि डेढ लाख, उपमेयर भन्छिन्-सम्भावना अझै छ

जनकपुरधाम । शहीदनगर नगरपालिकाका उपमेयर सुनिताकुमारी सिंहले करार नियुक्तिको लागि रकम लिएको खुलासा भएको छ । कार्यालय सहयोगी र अहेब पदमा करार नियुक्तिको लागि उनले रकम लिएको खुलासा भएको हो ।

नगरपालिकाबाट अ.हे.ब सहायक चौथो पद र कार्यालय सहयोगी पदका लागि भएको विज्ञापन जागिर लगाईदिन्छु भन्दै रकम लिएको खुलासा भएको हो । नगरपालिकाले चारजना अ.हे.ब र १३ जना कार्यालय सहयोगीका लागि २०७९ भदौमा १९ मा विज्ञापन गरेको थियो । उपमेयर सिंहले सो विज्ञापनमा आवेदन दिएका शहीदनगर नगरपालिका वडा नम्बर ४ का आवेदकका अभिभावकसँग रकम लिएको आरोप लागेको छ । अ.हे.ब. पदका लागि डेढ लाख र कार्यालय सहयोगी पदका लागि साट्ठी हजार अग्रिम घुस रकम लिएको आवेदकका अभिभावकहरुले आरोप लगाएका हुन् ।

उपमेयर सिंहले अग्रिमनै रुपिया लिएपनि जागिर नहुँदा उनीहरुले पैसा फिर्ता मागिरहेका छन्। तर उपमेयर सिंहले लिएको सो घुस वापतको रुपैया फिर्ता गर्न आलटाल गरिरहेको आवेदकका अभिवाकहरुले बताएका छन् । उपमेयरले नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत नभएको र नयाँ अधिकृत आएपछि जागिर लगाईदिन्छु आवश्वासन दिँदै आएकी छिन् ।

उपमेयरले नयाँ अधिकृत आएप्छि जागिर लगाईदिने आश्वासन दिएपनि उनीहरु भने व्याजसहित पैसा फिर्ता मागिरहेका छन् । उनीहरुले रकम नदिए उपमेयर सिँह चढ्ने गाडी रोकेर असुलउपर गर्ने योजना सुनाए ।

सो विज्ञापनको नतिजा प्रकाशन गर्ने बेलाका प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी अहिले निलम्बनमा छन् ।

आफ्नो नाउँ नछाप्ने शर्तमा पीडितमध्ये एकले उपमेयर सिँहलाई घरमै पुगेर कबोल गरेको डेढ लाख बुझाएको बताए । उनका अनुसार जागिरको कुरा गर्न लमी बनेका एकअर्का व्यक्तिले समेत आफ्नी बुहारीलाई कार्यालय सहयोगीमा जागिर लगाउन ६० हजार रुपैयाँ उपमेयर सिँहलाई बुझाएका छन् ।

उपमेयर सिँहले भने जागिरका लागि रकम लिएको कुरा अस्वीकार गरिन् । उनले भनिन, ‘वडाध्यक्ष रमेश मुखियाले पीडित दाबी गर्नेको बुहारीलाई जागिरका कुरा गरेका हुन् । तर, रकमको लेनदेन भएको छैन ।’

उनले पालिका प्रमुख दिनेशप्रसाद यादव र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले अबेर रातिसम्म अन्तर्वार्ता लिएर एकलौटी कर्मचारी भर्ना गरेको आरोपसमेत लगाइन् ।

उपमेयर सिँहले पीडित भनिएकासँग कुरा गर्न आफूले बोलाएको जानकारी समेत दिए ।

प्रतिक्रिया