यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका गुर्नाहलाई

काठमाडौ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई दिइने भएको छ ।

बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको ‘उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्य’ को विषयमा गरेको चित्रणको लागि उनलाई नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।

उनका धेरैजसो कृतिमा शरणार्थीहरूको समस्यासँग सम्बन्धित रहेको छ ।

प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइन्छ । यस वर्षको लागि शरीर विज्ञान तथा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा भइसकेको छ भने शान्ति र अर्थशास्त्रको पुरस्कारको घोषणा हुन भने बाँकी छ ।

प्रतिक्रिया
नागरिक मिरर