रोमाञ्चक खेलमा आस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौँ । भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ ।

दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा आस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।

टस जितेर पहिला ब्याटिङ् गरेको आस्ट्रेलियाले निर्धारित ओभरमा
सबै विकेट गुमाएर २६४ रन बनाएको थियो । २६५ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा जित हासिल गर्यो ।

भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन जोडे भने श्रेयस ऐय्यरले ४५ रन बनाए। तस्मै केएल राहुलदेव नट आउट रहँदै ४२ रन बनाउँदा हार्दिक पाण्ड्याले २८ रन बनाए भने कप्तान रोहित शर्माले पनि २८ रन जोडे । अक्षर पटेल २७ रनमा आउट भए ।

त्यस अघि आस्ट्रेलियाका स्टिभन स्मिथले ७३ र ग्लेन मैक्सवेलले ६१ रनको पारी खेलेपनि त्यो जितका लागि काम लागेन ।

अब भारतले बुधवार साउथ अफ्रीका र न्युजिल्यान्डबीच दोस्रो सेमिफाइनलका विजेतासँग आइतवार उपाधिका लागि भिड्ने छ ।

प्रतिक्रिया