भारतको उत्तराखण्डमा लगातारको वर्षाका कारण १६ जनाको मृत्यु

भारत । भारतको उत्तराखण्डमा लगातारको वर्षाका कारण १६ जनाको मृत्यु भएको छ ।

लगातारको वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै लाखौं मानिस विस्थापित भएका छन् ।

उत्तराखण्डको गढवाल र कुमाऊमा वर्षाका कारण १६ जनाको मृत्यु भएको र कैयौं बेपत्ता भएका छन् ।

विपद व्यवस्थापन प्राधिरकणका डीआईजी रिद्धिम अग्रवालले नैनीताल र अल्मोडामा पाँच–पाँच जनाको मृत्यु भएको बताए । यस्तै गढवालमा ४ जनाको मृत्यु भएको छ भने चम्पावत र पिथौरागढमा एक–एक जनाको मृत्यु भएको छ ।

लगातारको वर्षाका कारण उद्दार कार्य प्रभावित भएको पनि अग्रवालले बताए ।

नैनीताल, चम्पावत, पिथौरागढ र बागेश्वरमा अहिलेपनि लगातार वर्षा भइ नै रहेको छ ।

यसअघि, सोमवार पहिरोमा पुरेर तीन जना नेपाली कामदारको मृत्यु भएको थियो ।

यस्तै भारतको केरला राज्यमा पनि लगातारको वर्षा र बाढीका कारण २६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
नागरिक मिरर