‘उडुम समयमा पुगिदैन, गुडुम बाटो छैन’

अर्को माया लाग्ने भनेको बिरामीहरूको । समयमा यात्रा गरेर उपचार गराएर फर्किने भनेर हिँडेका बिरामी र तीनका कुरुवाहरूको पनि विजोग भएको देख्दा लाग्छ किन यस्ता भएका होलान् यी विमान कम्पनीहरू ?

हामी सबैलाई कहिल्यै न कहिल्यै कुनै न कुनै कारणले कतै न कतै यात्रा गर्नुपर्ने हुन्छ । र, हामी गरिरहन्छौँ पनि । तर, आपतकालीन अवस्था वा बाटोघाटोको समस्याले गर्दा हाम्रो यात्रा गर्ने माध्यमहरू परिस्थिति अनुसार फरक–फरक हुन सक्छ र हुने गर्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने बेलाबेलाको बाढी पहिरोले राजमार्ग र बाटोहरू ध्वस्त हुन्छन् र छन् भने हवाईमार्गबाट यात्रा गर्नेहरूको सङ्ख्या पछिल्लो १० वर्षमा झन्डै १० गुणाले बढेको छ । १० वर्ष अघि जहाँ दुईवटा मात्रै जहाजले उडान भर्ने गथ्र्यो त्यहाँ अहिले ३ देखि ४ वटासम्म जहाजले उडान भर्ने गरेका छन् ।

नेपालको भौगोलिक बनोटका कारण सडक यातायातभन्दा हवाई यातायात गर्नेको सङ्ख्या पछिल्लो समय बढेको देखिन्छ । कारण, हवाई यातायात महँगो भएपनि समय कम लाग्ने हुँदा यात्रुहरूले हवाई यात्रा गर्न थालेका छन् । तर, बिडम्बना हवाई यात्रा गर्ने यात्रुहरू भने हिजोआज खुशी छैनन् । प्रायः जसो प्रत्येक दिन कसै न कसैको हवाई यात्रासँगको गुनासो सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सुन्न र पढ्न पाइन्छ ।

मैले यो लेख्दै गर्दा मेरा चिनेजानेका करिब १५/२० जनालाई सोधे होला, तपाईं अन्तिमपटक नेपालको आन्तरिक उडान समयमा कहिले गर्नुभएको थियो । त्यसमा २ जनाले भने समयमा त होइन तर, समय अगावै चै एकपटक यात्रा गरेको थिएँ करिब एक महिना अघि । उहाँ भाग्यमानी हुनुहुँदोरहेछ । त्यसबाहेक प्रायःको जवाफ थियो नेपालको आन्तरिक उडान समयमै पनि हुन्छ र ?

म पछिल्लो समय जनकपुर जाँदै गर्दा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका लागि प्रतिक्षालयमा बसेका अधिकांश यात्रुको गुनासो थियो, किन सँधै नेपालका एयरलाइन्सले डिले गरिरहन्छन् ? कि यात्रुलाई सिधै खबर गरिदिनु नी तपाईंको जहाज २ घन्टा ढिलो हुन्छ वा ३ घन्टा ढिलो हुन्छ भनेर । यात्रुहरू पनि आनन्दले आउँछन् अनि जान्छन् । तर, खोइ के हो के हो ? बुझिनसक्नु छ ।

हुन त नेपाली आकाश सुरक्षित छैन भनेर विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनहरूले भनिसकेका छन् । जसको उदाहरण हामीले बेलाबेलामा सुनि पनि रहन्छौँ । कहिल्यै जहाजको पाङ्ग्रा छुट्छ भने कहिल्यै यात्रुले आपतकालीन ढोका खोलिदिन्छन् । कहिल्यै रनवेमा जहाज गएपछि थाहा हुन्छ की जहाजमा केही प्राविधिक समस्या छ भने कहिल्यै जहाजले ओभरसुट गर्छ । कहिल्यै काहीँ त कुनै न कुनै प्राविधिक खराबीका कारण हवाईजहाज नै दुर्घटनामा पर्छ र यात्रुहरूले अकालमै ज्यान गुमाउनु पनि परेको छ । यी र यस्ता कैयन घटनाका बाबजुद हामी नेपाली मात्रै नभई विदेशी पर्यटक जो नेपाल घुम्न आउँछन् उनले पनि नेपालको जहाज नै चढ्न खोज्छन् र समय बचत गर्दै धेरैभन्दा धेरै ठाउँ घुम्न चाहन्छन् । तर, सोचे अनुसारको कहाँ हुन्छ र ?

विमानस्थलमा भेटिने अधिकांश यात्रुको गुनासो हुन्छ कहिल्यै पनि हवाईजहाज समयमा उड्दैन । जसको क्षति हामीले भोग्नुपर्छ । त्यति मात्र होइन सडकको समस्या कै कारण बेलाबेला मनपरी शुल्क पनि बढाइदिन्छन् ।

जहाजमा यात्रा गर्यो भने पैसा सडक यात्राको भन्दा बढी लागेपनि एक दिनको काम एक दिनमै भ्याएर फेरि फर्किन सकिन्छ भनेर पनि यात्रुहरूले हवाई यात्रा गर्न चाहन्छन् । तर, विमानस्थलमा भेटिने अधिकांश यात्रुको गुनासो हुन्छ कहिल्यै पनि हवाईजहाज समयमा उड्दैन । जसको क्षति हामीले भोग्नुपर्छ । त्यति मात्र होइन सडकको समस्या कै कारण बेलाबेला मनपरी शुल्क पनि बढाइदिन्छन् । तर, हामी यात्रु यहाँपनि बाध्य हुन्छौँ हवाई यात्रा गर्नका लागि ।

नेपालको आन्तरिक उडानको कुरा गर्दैछु । मानिलियौँ ५ः२५ साँझ तपाईंको जहाजको समय छ । तपाईं समयमै विमानस्थल पुग्नुहुन्छ । अनि हिजोआज यात्रुले बोर्डिङ्ग गर्ने बेलामा काउन्टरमा सोध्ने प्रश्न हुन्छ, जहाजको अवस्था के छ ? कति घन्टा डिले छ ? भनेर । जसको उत्तर काउन्टरमा बसेका कर्मचारीले दिँदै भन्छन्, ‘छैन धेरै ढिलो । २० मिनेट रिभाइज गरिएको छ ।’ अवस्था हेरेर उत्तर दिइन्छ । त्यसपछि तपाईं भित्र जानुहुन्छ । जानेबितिकै विमानको उडान अवस्थाबारेको बोर्डमा हेर्नुहुन्छ अनि त्यहाँ कति डिले हुँदैछ, कतिबेला उडान भर्छ सबै अपडेट भइरहन्छ ।

विमान कम्पनीलाई लाग्दो हो विकल्प नै छैन् अनि जान्छौँ कहाँ । अनि, हामी यात्रु बाध्य र विवश गर्ने के ?

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल रहेका छन् । जसमा ३५ विमानस्थल सञ्चालनमा छन् । तर, ती विमानस्थलमा समयमा कहिल्यै हवाईजहाजले उडान भरेको सुनिएको छैन ।

विमान ढिलाई हुनुको कारण मौसम अनुसार फरकफरक त हुने नै भयो । तर, त्यो बाहेक पनि अचम्म अचम्मको कारण दिइन्छ । त्यतिले मात्रै पुग्दैन, प्रतिक्षालयमा भिड नहोस् भनेरै होला वा यात्रुहरूको रिस नियन्त्रण गर्नलाई होला विमान ढिला हुने भएपछि यात्रुहरूलाई बसमा बसाइदिन्छन् । १०/१५ मिनट बसमा बसेपछि विमानमा लगेर बसाउँछन् । विमानमा बसाइसकेर पनि पुग्दैन अनि एनाउन्स हुन्छ, एयर ट्राफिका कारण केही बेर ढिलाई हुन गयो भनेर, कहिलेकाहीँ त यतिसम्म हुन्छ की रनवेबाट उड्नै लाग्दा विमानमा प्राविधिक समस्या देखियो । त्यसपछि बल्लबल्ल विमानमा बसेको २०/२५ मिनेट पछि जहाजले उडान भर्छ । कहिल्यैकाहीँ त भीभीआईपीलाई रिस उठ्ने रैछ अनि विमान कम्पनीका खटिएका कर्मचारीसँग हात हालाहाल नै गर्छन् ।

यसले हुन त कसैलाई खासै फरक त पर्दैन तर, हामी जस्तो मुलुक जो पहिलादेखि नै विमानस्थलको सुरक्षा र गुणस्तरका लागि जोखिमका सूचीमा छौँ कसरी उभो लाग्छ जस्तो पनि लाग्छ ।

अर्को माया लाग्ने भनेको बिरामीहरूको । समयमा यात्रा गरेर उपचार गराएर फर्किने भनेर हिँडेका बिरामी र तीनका कुरुवाहरूको पनि विजोग भएको देख्दा लाग्छ किन यस्ता भएका होलान् यी विमान कम्पनीहरू ?

नेपालको आन्तरिक उडानबारे प्रायः सँधैजसो यात्रुहरूको गुनासोसहितको भिडयो सामाजिक सञ्जालमा देख्दा र विमानस्थलमा उनीहरूको कुरा सुन्दा लाग्छ हाम्रो देशमा मात्रै हो की अन्त पनि यस्तै हुन्छ । हुन त नेपाली विमान कम्पनीहरूलाई यात्रुको गुनासोले खासै फरक त पर्दैन । उनीहरूले कानमा तेल हालेर आफ्नो काम गरिरहेका छन् र हामी यात्रुसँग पनि विकल्प राम्रो नहुँदा विमानबाटै यात्रा गर्ने र गुनासो गर्ने काम गरिरहेका छौँ ।

विमान कम्पनीलाई लाग्दो हो विकल्प नै छैन् अनि जान्छौँ कहाँ । अनि, हामी यात्रु बाध्य र विवश गर्ने के ?

म सम्झन्छु, आजभन्दा झन्डै १३ वर्ष अघि पहिलोपटक विमान चढ्दा त टिकटमा लेखिए झैँ आन्तरिक उडानका लागि एक घन्टा अघि वा त्योभन्दा पनि पहिले नै विमानस्थल पुगेकी थिए । तोकिएको समयमै उडान पनि भरियो । तर, पछिल्लो ८ वर्षदेखि मलाई सम्झना छैन कहिल्यै विमानले उडान भरेको भनेर । हिजोआज त यतिसम्म हुन्छ की न यात्रु समयमा विमानस्थल पुग्छन् र विमानले समयमा उडान भर्छ । फोन र इन्टरनेट भएर पनि होला सबै अपडेट भइरहन्छ । तर, यति हुँदा पनि विमानले धोका दिन भने छोडेको छैन यात्रुहरूलाई ।

हामी त नेपाली जेमा पनि ढिलो हुन्छौँ ढिलो गर्छौ तर, विचरा माया लाग्ने त हाम्रा पर्यटकहरूको हो । एउटा निश्चित समयलाई भनेर यात्राको योजना बनाएर आएका ती पर्यटकहरू पनि विमानस्थलमा कुरिरहन्छन् । जसले गर्दा पनि होला उनीहरू दोहोर्याएर सायदै नेपालको यात्रामा आउँछन् होला र यहाँबाट फर्किसकेपछि आफ्ना ईष्टमित्रलाई नेपाल घुमेर आउ भन्छन् होला ।
अर्को माया लाग्ने भनेको बिरामीहरूको । समयमा यात्रा गरेर उपचार गराएर फर्किने भनेर हिँडेका बिरामी र तीनका कुरुवाहरूको पनि विजोग भएको देख्दा लाग्छ किन यस्ता भएका होलान् यी विमान कम्पनीहरू ? १३ वर्ष अघि झैँ किन समयमा उडान भर्न सक्दैनन् यिनीहरूले ?

तर, योसबमा रमाइलो त के पनि हुन्छ भने सबलाई आफ्नो बोली र भाषणको मायाजालमा पार्ने हाम्रा प्रिय राजनीतिक दलका नेता र मुख्यमन्त्री र अन्य भीभीआईपीहरूलाई पनि विमानको लागि कुरेको देख्दा चै मनमा अलि सन्तुष्टि हुन्छ । आखिरमा देख्दै छौँ ती तिम्रो विमानको अवस्था भनेर ।

हामीसँग आम्दानीका लागि राम्रो स्रोत छन् तर, ती सबै भाषणमा मात्रै सिमित हुँदै गएका छन् । एक होइन दुई होइन तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल छन् तर, तीनको काम के भनेर थाहा छैन । भएका विमानस्थल र विमान कम्पनीलाई ठाउँमा ल्याउन नसक्नेलाई के नै भन्न सकिन्छ र । खैर, आशा छ विमानस्थलमा देखिने गरेको यो समस्याले चाँडै निकाश दिनेछ र हवाई यात्रा गर्न चाहनेहरूका लागि यो नयाँ वर्षमा कुनै गुनासोको मौका दिने छैन ।

प्रतिक्रिया