जनकपुरमा मनाईयो ‘विश्व सम्झना दिवस’

जनकपुरधाम । जनकपुरमा विश्व सम्झना दिवस मनाईएको छ । आईतबार जनकपुरस्थित जनकचोकमा सडक दुर्घटनामा दिवंगत हुने आत्मा तथा सम्पूर्ण पिडितहरुको सम्झनामा आइतबार ‘विश्व सम्झना दिवस’ मनाइएको छ ।

सस्टेनेवल ट्राभल नेपाल(सेफ) र जिओ आई ईन्जिनियरिंग कन्सल्ट प्रा.लि.को संयुक्त आयोजनामा सो दिवस मनाइएको हो ।

‘हम सब मृतक याद नै, साँगे बाच चाहिछी’ भन्ने नाराका साथ मनाईएको सो दिवसमा मृतकहरुको सम्झनाका साथै दुर्घटनामा घाइते र अङ्गभङ्ग भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको थियो ।

कार्यक्रम वक्ताहरुले नेपालमा प्रत्येक वर्ष हजारौंको संख्यामा सवारी दुर्घटना हुने गरेको र जसमा वर्षेनी करिब तीन हजार मानिसले ज्यान गुमाउने गरेको उल्लेख गर्दै त्यस प्रकारका दुर्घटनाको मुख्य कारण सवारी नियमको उल्लङ्घन गरी चलाउने गरेकाले हो भन्दै सडक प्रयोगकर्ता बढी सजग र सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
नागरिक मिरर