अमेरिका मधेशी समाजले गर्यो खाद्यान्न र कम्बल वितरण

जनकपुरधाम । अमेरिका मधेशी समाजले खाद्यान्न र कम्बल वितरण गरेको छ ।

समाजले सर्लाहीको कविलासी नगरपालिकाको हेमपुरमा वृद्धवृद्धा तथा अपाङ्गता भएकाहरूलाई खाद्यान्न र कम्बल वितरण गरेको हो ।

स्थानीय युवा आतिश मोहन यादव(राहुल) को पहलमा स्थानीयलाई अमेरिका मधेशी समाजको आर्थिक सहयोगमा गरिब, विपन्न, असहाय वर्गका व्यक्तिहरूलाई खाद्यान्न र कम्बल वितरण गरिएको हो ।

शनिवार एक कार्यक्रमकाबीच उनीहरुले ७५ जनालाई खाद्यान्न र कम्बल वितरण गरिएको हो ।

कार्यक्रममा सहभागि लोसपाका केन्द्रीय सदस्य बिजय यादवसहित स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
नागरिक मिरर