राष्ट्रिय युवा सङ्घद्वारा एक महिने रक्तदान अभियान सुरु

काठमाडौँ । राष्ट्रिय युवा सङ्घले एक महिने रक्तदान अभियान सुरु गरेको छ ।
काठमाडौँस्थित सङ्घको केन्द्रीय कार्यालयमा उक्त अभियानको सुभारम्भ गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आज भएको रक्तदान अभियानमा ६७ जनाले रक्तदान गरेको बताइएको छ ।
रक्तदान अभियानमा सङ्घका अध्यक्ष महाराज गुरुङ, महासचिव महेश चौलागाईँ, अन्तर जिल्ला विशेष प्रदेश कमिटीका कोषाध्यक्ष सुशिल श्रेष्ठ लगायतले पनि रक्तदान गरेका थिए ।
युवा सङ्घले सर्वसाधारणलाई हुने रगत अभावको समस्यामा राहत होस् भन्ने उदेश्यले प्रत्येक वर्ष साउन १५ का दिन विगतदेखि नै एक महिने रक्तदान अभियान आयोजन गर्दै आएको छ ।
प्रतिक्रिया






