चिनियाँ विदेशमन्त्रीले गरे नेपाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी ले चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए ।

यसअघि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा दुई मन्त्रीबीच भएको भेटवार्ता भएको थियो । सो भेटवार्तामा विभिन्न आर्थिक र प्राविधिक सहयोग विषयमा सम्झौता भएको थियो ।

प्रतिक्रिया