३ दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ विदेश मन्त्री वाङ यी

काठमाडौं । ३ दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फर्किएका छन् । आइतबार दिउँसो साढे २ बजे तिर उनी चीन प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन् ।

यीले नेपाल भ्रमणका क्रममा शनिबार शिवपुरीमा हाइकिङ गरेका थिए । शनिबार भएको द्वीपक्षीय वार्तामा नेपाल र चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको थियो ।

विदेश मन्त्री यीले स्वदेश फर्किनु अघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत अन्य शिर्ष दलका नेताहरुलाई भेटेका थिए ।

प्रतिक्रिया