प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने,चैत १९ मा मोदीसँग भेट्ने कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् ।

सोमबार नेपाल र भारतको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १९ चैतमा भेटवार्ता हुनेछ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् ।

प्रधानमन्त्री देउवाले भारतीय व्यवसायीहरुलाई पनि सम्बोधन गर्ने छन् भने चैत २० मा नेपाल फर्किनुअघि वाराणासीको पनि भ्रमण गर्ने छन् ।

प्रतिक्रिया