शनिबार जनकपुर–जयनगर रेल्वेको उद्घाटन हुने

काठमाडौं । शनिबार (१९ चैत) मा जनकपुर–जयनगर रेल्वेको उद्घाटन हुने भएको छ ।

भर्चुअल रुपमा नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल्वेको उद्घाटन गर्ने भएका हुन् ।

शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा रेल जयनगर–कुर्था (जनकपुर) रेल सेवाको पुनः सुरुवात गर्नेछन् ।

३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो ।

तर, विविध कारण देखाएर रेल चलाउन भने अलमल हुँदै आएको थियो ।

प्रतिक्रिया