जनकपुरधाममा चैत्र २३ गते देखि ‘जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८’ हुने


जनकपुरधाम । मैथिली विकास कोषको आयोजनामा जनकपुरधाममा चैत्र २३ गतेवाट ‘जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८’ हुने भएको छ ।

मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा कामकाज गर्दै आएको मैथिली विकास कोषले आयोजना गर्न लागेको महोत्सवको विषयमा जानकारी दिने उद्देश्यले आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जिवनाथ चौधरीले महोत्सव चैत्र २५ गतेसम्म चल्ने जानकारी दिए ।

जनकपुरधामको जानकी मंन्दिरको प्राङ्गण र जनकपुरधाम उद्योग वाणिज्य संघको महोत्सवका अधिकांश कार्यक्रमहरुको आयोजना गरिने अध्यक्ष चौधरीले जानकारी दिए ।

जनकपुरधाम साहित्य महोत्सवमा नेपाल तथा भारतका विद्वान, कलाकारहरु सहभागि हुने भएको छ । महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानशीपको प्रदर्शनका साथै संगित क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारहरुले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गर्ने भएको छ । मैथिली भाषाको नाटक जनकपुरधाम, पटना तथा दरभंगाको टोलीले नाटक मञ्चन गर्ने छ ।

यसै गरि नेपाली भाषामा काठमाण्डौको नाट्य टोली तथा हिन्दीमा भारतको मणिपुरका नाटक टोलीले नाटक मञ्चन गर्ने भएको कोषका अध्यक्ष चौधरीले जानकारी दिए ।

महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक झाँकी सहितको शोभा यात्रा, रंगारंगारंग कार्यक्रम, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाट्य प्रदर्शन, गरमागरम संवाद, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी तथा विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिताको आयोजना गरिने कार्यक्रम रहेको छ ।

यस अघि कोषले २०७३ सालमा पहिलो महोत्सव तथा २०७५ सालमा दोश्रो महोत्सव सफलता पूर्वक सम्पन्न गरेको छ । यस पटकको महोत्सवमा करिव ३० लाख देखी ४० लाख सम्म खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सवको प्रमुख अतिथिमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत साजवादीका अध्यक्ष माधव कुमार नेपाल हुने भएको छ ।

चार जना श्रष्टालाई पुरस्कार प्रदान गरिने

मैथिली विकास कोषले प्रदान गर्दै आएको डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७ भाषा वैज्ञानिक रामअवतार यादव र सलहेश सांस्कृतिक पुरस्कार २०७७ डा. आभाष लाभलाई प्रदान गर्ने भएको छ ।

यसै गरि डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८ साहित्यकार मधेन्द्र मिश्र र सलहेश सांस्कृतिक पुरस्कार २०७८ गायक रामा मण्डललाई प्रदान गर्ने भएको छ । दुवै पुरस्कारमा ५१ हजार नगद, सम्मानपत्र तथा दोसल्ला रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

चारै जना श्रष्टालाई महोत्सवको उद्घाटन कार्यक्रममा चैत्र २३ गते पुरस्कार प्रदान गरिने छ । प्र

प्रतिक्रिया
नागरिक मिरर