चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह सञ्चालनमा

काठमाडौं । काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै बन्दरगाह सञ्चालनमा ल्याएका हुन् ।

चोभार बन्दरगाह सीमावर्ति क्षेत्रभन्दा बाहिर भित्री सहरमा बनेको पहिलो बन्दरगाह हो । माल वस्तु आयात र निर्यातका लागि भन्सार, क्वरिन्टिन, सुरक्षासहितको सबै पूर्वाधार रहेको बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमता छ ।

बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछन् भने स्वस्देशी वस्तु निर्यात पनि सोही बन्दरगाहबाट हुनेछ ।

नेपाल(भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत सुख्खा बन्दरगाह निर्माण भएको हो । बन्दरगाह निर्माणका लागि विश्व बैंकको १ अर्ब ५४ करोड ऋण सहयोग गरेको छ ।

प्रतिक्रिया