स्थानीय तहको निर्वाचनमा सूर्य चिह्नबाट चुनाव लड्न विप्लवलाई एमालेको सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको चुनावमा विप्लव समूहलाई सूर्य चिन्हबाट चुनाव लड्न सुझाव दिएका छन् । स्थानीय तहको चुनाव आउन एक महिना मात्रै बाँकी रहेको बेला वर्तमान सरकारले चुनावको मिति सार्ने तयारी गरिरहेको उनले आरोप लगाए ।

मङ्गलवार ललितपुरमा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामी तत्वको संज्ञा दिँदै चुनाव सार्ने षडयन्त्रमा लागेको आरोप लगाए । ओलीले विप्लवलाई लोकतन्त्रविरुद्धको मतियार नहुन आग्रह गर्दै सूर्य चिह्नबाट चुनाव लड्न पनि सुझाव दिए ।

‘१३ महिना अघि विप्लवजी शान्तिप्रक्रियामा आउनुभयो । अहिले आएर उहाँ पार्टी दर्ता गर्न समय चाहियो’, उनले भने, ‘विप्लवजी षडयन्त्रको शिकार हुने खतरा देख्दैछौ ।’ उनले विप्लवले चुनाव लड्ने हो भने स्वतन्त्र रुपमा लड्नुपर्ने वा सूर्य चिन्हबाट चुनाव लड्न सुझाव समेत दिएका हुन् । ‘होइन भने तपाईंहरूका कार्यकर्ताले जित्ने ठाउँमा उम्मेदवार उठाउनुस्, पार्टी तपाईंहरूकै रहन्छ, कार्यकर्ता तपाईंहरूकै रहन्छन्, तर सूर्य चिन्हबाट चुनाव लड्नुस् आरामसँग, जित्ने तरिका त्यो हो , उनले भने ।

प्रतिक्रिया
नागरिक मिरर