चरित्रहत्या गर्ने १२ जना विरुद्ध अभियन्ता ओझाले दिइन् उजुरी

काठमाडौं । महिला अधिकारको पक्षमा वकालत गरिरहेकी अभियन्ता जस्मिन ओझाले पल शाह प्रकणलाई लिएर आफूमाथि गालिगलौज तथा चरित्र हत्या गरेको भन्दै १२ जना विरुद्ध उजुरी दिएकी छन् । ओझाले शुक्रवार साइवर ब्यूरोमा गएर सामाजिक सञ्जालमा आफूमाथि नकारात्मक तथा अपाच्य शब्द प्रयोग गरेको भन्दै उजुरी दिएकी हुन् ।

उनले आफ्नो फोटोको प्रयोग गर्दै चरित्र हत्या गरेको बताउँदै स्क्रिन सर्टसहित उजुरी गरेकी हुन् । पल शाह प्रकरणमा नाबालिग गायिकालाई न्यायालयको बाटो देखाएकै कारण ओझामाथि पलका समर्थकले सामाजिक सञ्जालमा गालिगलौज तथा चरित्र हत्या गरिरहेको उनको आरोप छ । त्यस्तै युट्युबरहरूले पनि आफ्नो चरित्र हत्या गरेको भन्दै उनले ब्यूरोमा जाहेरी हालेको नागरिक मिररलाई बताइन् । उनलाई लिएर सामाजिक सञ्जालमा प्रयोग भएको सामग्री तथा अश्लिल प्रतिकृयाहरू अपाच्य भएको समेत बताइन् ।

‘क्रमबद्ध रुपमा म माथि नकारात्मक प्रतिकृयाहरू गरिरहेका छन्, उनले भनिन् ,‘अपाच्य सामग्री पनि बनाएर मेरो चरित्र हत्या भएकोले जाहेरी दर्ता गरेकी हुँ ।’ मानिसलाई निरुत्साहित बनाउने तथा कानुनको पनि खिल्ली उडाउने काम भइरहेकोले आफूले कानुनको माध्यमबाट त्यस्ता मानिसलाई पक्राउ गर्न जाहेरी दिएको उनको भनाइ छ ।

उनि यस अघिदेखि नै विभिन्न मुद्दामा सहयोगि भई पिडितको पक्षमा वकालतसमेत गर्दै आएकी छिन् ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: