मीटू आरोपबारे प्रश्नमा केशव स्थापितले भने – ‘तपाईंको फेस नाइस छ, थुतुनो भएन’

काठमाडौं । काठमाडौं महानगरपालिकाका लागि एमालेका मेयरका उम्मेदवार केशव स्थापितले फेरि आपत्तिजनक अभिव्यक्ति दिएका छन् । 

बिहीबार नेसनल कलेजमा भएको एक अन्तर्क्रिया कार्यक्रममा प्रस्तोता भावना राउतले मीटू आरोपबारे प्रश्न सोध्दा स्थापितले भने, ‘तपाईंको फेस नाइस छ, थुतुनो भएन ।’

मीटू आरोप गलत भएको कुरा प्रमाणित गरेरै छाड्ने स्थापितको दाबीलाई लक्षित गर्दै भावनाले सोधेकी थिइन्, ‘निर्दोष छु भनेर कि प्रमाणित गर्नुस् अथवा प्रमाणित गर्न सक्नुहुन्न भने तपाईं यो ठाउँमा बस्ने नैतिकता राख्नुहुन्छ र ?’

काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका स्थापितलाई पूर्वकर्मचारी रश्मिला महर्जन र पत्रकार उज्ज्वला महर्जनले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए । सोही विषयलाई लिएर जिम्मेवार बनाउने प्रयास गर्दा स्थापितले यस्तो अभिव्यक्ति दिएको राउत बताउँछिन् ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: