निर्वाचन अपडेट : ७६ जिल्लाको मतपत्र छापियो, सोमबारबाट भक्तपुरको छापिँदै

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार सोमबारबाट अन्तिम अर्थात भक्तपुर जिल्लाको मतपत्र छपाइ काम सुरु हुनेछ ।

छापिएका मतपत्रमध्ये १८ वैशाखभित्र नै ४९ जिल्लाहरूमा ढुवानी गर्ने काम सम्पन्न गरिसेकेको आयोगले सोमबार दोलखा, सिन्धुली र रामेछापका लागि मतपत्रहरू ढुवानी गर्दै छ । ६ महानगरपालिका र भक्तपुर जिल्लाबाहेकका अन्य जिल्लाका लागि एक करोड ४५ लाख ८० हजार मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले नमुना मतपत्रदेखि वैशाख ३० मा हुने निर्वाचनका लागि मतपत्रका छपाइ कार्य गरेको थियो ।

स्थानीय तह निर्वाचन आउन ११ दिन मात्र बाँकी छ । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि निर्वाचन आयोगले ३० वैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दै छ ।

प्रतिक्रिया