अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कामनपा उपप्रमुख एमाले उम्मेदवार सुनिता डंगोलविरुद्ध उजुरी

काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा एमालेको तर्फबाट उपमेयरको उम्मेदवारी दिएकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको हो ।

उनीविरुद्ध दायर भएको उजूरीमा स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ ।

वैशाख १६ गते दर्ता भएको उजुरीमा उनको नियुक्तिको सम्पूर्ण फाइल झिकाई कानुनअनुसार सजाय दिन माग गरिएको छ ।

प्रतिक्रिया