उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लघन गरे तत्काल उम्मेदवारी खारेज गरिने

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लघन गरे तत्काल उम्मेदवारी खारेज गर्ने भएको छ । त्यसका लागि आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रको त्यस्तो अधिकार प्रयोग गर्नेगरी टोली परिचालन भएको बताए ।
सुरक्षा संवेदनशील र बढी मतदाता भएको १७ जिल्लामा टोली परिचालन भएको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा टोली खटिएका छन् ।
उनीहरूलाई शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई रहेको बताएका थिए ।
प्रतिक्रिया






