सीमा नाका आजदेखि ७२ घन्टाका लागि बन्द

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि सीमा नाका ७२ घन्टाका लागि बन्द हुँदै छ ।

भारतसँग सीमा जोडिएका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गर्दै आजदेखि ७२ घन्टाका लागि नाका बन्द गर्ने जनाइसकेका छन् ।

मतदानको दिनभन्दा अगाडिको ७२ घन्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।

नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने छ ।

प्रतिक्रिया