मतदानका लागि मतदाता नामावलीमा नाम अनिवार्य हुनु पर्ने

काठमाडौं । निर्वाचन आयोगले मतदानका लागि मतदाता नामावलीमा नाम अनिवार्य हुनु पर्ने जनाएको छ ।

नामावलीमा नाम दर्ता भएको खण्डमा मात्रै परिचय खुल्ने सरकारी कागजातका आधारमा मतदान गर्न पाइने आयोगले स्पष्ट पारेको छ ।

आयोगले प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न सक्ने जनाएको छ ।

स्थानीय तहको निर्वाचन यहि वैशाख ३० गते हुँदै छ ।

प्रतिक्रिया