४०० मतगणनामा १३५ मतले अग्रता लिदै बागी उम्मेदवार मनोज साह

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा ४०० मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

नेपाली काँग्रेसबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले १३५ मत ल्याएर अग्रता लिएका हुन् । १ नम्बर वडाको ४०० मतगणनामा स्वतन्त्र उम्मेदवार बलराम महतोले ३३ मत प्राप्त गरेका छन्। त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले १९ मत ल्याएका छन्।

त्यसैगरी पाँच दलीय गठबन्धनको उम्मेदवार जसपाका लालकिशोर साहले २८, लोसपाका मनोजकुमार चौधरीले १८ र एमालेका शिवशंकर साहले ४५ मत प्राप्त गरेका छन्।

यता उम्मेदवार नै नभए पनि कांग्रेसको रूख चिह्नमा ३२ मत खसेको छ।

उपमेयरमा कांग्रेसका किशोरी साह १६२ मत ल्याएर अग्रता लिएका छन्। किशोरीलाई स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले २६ मत ल्याएर पछ्याइरहेका छन् भने उनि भन्दा अगाडि छन् सुर्य चिह्न ४६ मतले ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: