टोखामा एमालेका प्रकासलाई पछ्याउँदै कांग्रेस उम्मेदवार कोइराला, यस्तो छ मतगणना ?

काठमाडौं– ४ हजार ९१ मतगणना हुँदा काठमाडौंको टोखा नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

टोखाको प्रमुखमा एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारीले १ हजार ६ सय १९ मतसहित अग्रता लिएका हुन् । उनलाई नेपाली कांग्रेसकी रजनी थापाले १ हजार ३ सय ६३ मतसहित पछ्याइरहेकी छन्।

यहाँ उपप्रमुखमा पनि एमालेकै अग्रता रहेको छ । उपमेयरमा पनि एमालेका ज्ञानमाया डंगोलले अग्रता बनाएकी छन् ।

उनले १ हजार ५ सय २६ मत पाउँदा कांग्रेसका मुरारी तामाङले १ हजार ३ सय ६९ मत पाए ।

प्रतिक्रिया
नागरिक मिरर