क्षीरेश्वरनाथ ७ मा काँग्रेसको नथुनी विजयी, मेयरमा काँग्रेसको अग्रता कायमै

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं.७ मा नेपाली काँगे्रसका मोबारक कवारी(नथुनी) विजयी भएका छन् । उनले ६५२ मत प्राप्त गर्दै विजयी भएको छ ।

उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार सखिचन यालवले ३१९ मत प्राप्त गरेको छन् ।

त्यस्तै मेयरमा नेपाली काँग्रेसको योगेन्द्र पजियारले ६२७ मत प्राप्त गर्दै अग्रस्थानमा छन् भने नेकपा एमालेको सुखदेव यादवले ५०३ मत प्राप्त गर्दै दोश्रो स्थानमा छ ।

त्यसैगरी उपमेयरमा काँग्रेसकी रचना श्रेष्ठ(माथेमा) ६४२ र नेकपा एमालेकी सालिनी चौधरीले ४३० मत प्राप्त गरेकीछिन् ।

शनिवार साँझ ७ बजेदेखि वडा नं.७ बाट सुरु भएको थियो । १४७४ मतगणना हुँदा १४३८ सदर र ३६ वटा मत बदर भएको हो । वडा नं.७ को मतगणना सम्पन्न भएको छ ।

शनिवार सर्वदलीय बैठकबाट भएको निर्णयानुसार अब वडा नं.६ को मतगणना हुने जनाईएको छ ।

प्रतिक्रिया
नागरिक मिरर