सङ्खुवासभाको सभापोखरीमा गठबन्धनबाट कांग्रेसका भीमबहादुर लिम्बू विजयी

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी भएका हुन् । एमालेका रत्न सुब्बालाई ७०२ मतान्तरले पराजित गर्दै लिम्बूले विजयी हात परेका हुन् ।

विजेता लिम्बूले तीन हजार ७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले दुई हजार ३०५ मत प्राप्त गरेका थिए । सुब्बा यसअघिका गाउँपालिका अध्यक्ष समेत रहेका थिए । उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)की लक्ष्मी चापागाईं दुई हजार ४३९ मत ल्याएर विजयी भएकि छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सविता बरालले दुई हजार ३७६ प्राप्त गरेकि थिइन ।
त्यस्तै वडा १ को वडाध्यक्षमा एमालेका ईश्वर पुलामी मगरले ६६० मत ल्याएर विजयी भएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर वुर्जा मगरले ५४८ मत प्रप्त गरेका हुन् । वडा २ मा एमालेका राजकुमार राईले ५८८ मत ल्याएर विजयी भएका हुन् भने कांग्रेसका डिकप्रसाद सुवेदीले ४३३ मतले पाराजित भए । सुवेदी यसअघि वडाध्यक्ष रहेका थिए । वडा ३ मा एमालेका दिलबहादुर तामाङले ५९९ मत ल्याएर विजयी भएका छन् ।

त्यसैगरी उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विवेक घलेले ३२२ मत प्राप्त गरेका छन् । वडा ४ मा कांग्रेसका शुक्रराज लिम्बूले ३४१ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन राईले २११ मत प्राप्त गरेका हुन् ।

वडा ५ मा कांग्रेसका मनिष लिम्बूले २३२ मत ल्यएर विजयी भए भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एस) का यमबहादुर सुब्बाले २०८ मत ल्याएका हुन् । वडा ६ मा नेपाली कांग्रेसका जितेन्द्र वनेम (लिम्बू)ले ६७९ ल्याएर विजयी भए भने एमाले विकास पौडेल ४५४ मत प्राप्त गरेर पाराजित भएका हुन् । सङ्खुवासभामा १० स्थानीय तहमध्ये आठ स्थानीय नेकपा एमाले तहमा पाँच दलीय गठबन्धन भएको थियो भने दुई स्थानीय तहमा स्वच्छ प्रतिस्पर्धा भएको हो ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: