काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन अहिलेसम्म अग्रस्थानमै
काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन साह अहिलेसम्म अग्रस्थानमै छन् ।
अहिलेसम्म १५ हजार मत गणना हुँदा बालेन साहले ६ हजार ६९२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ५६५ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार १२६ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया