काठमाडौंमा चर्चित मत ल्याउदै बालेन र सुनिता

काठमाडौं । काठमाडौं महानगरका मेयर पदका उम्मेदवार बालेन साह र उपमेयर पदका उम्मेदवार सुनिता डंगोलले चर्चित मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार रहेका बालेनले १७ हजार ५०० मतगणना हुँदा ७ हजार ८९ मत पाएका छन् । उनको प्रतिस्पर्धी रहेका केशव स्थापितले ३ हजार ७४६ मत प्राप्त गरेका छन् ।

त्यस्तै काठमाडौंको उपमेयरको उम्मेदवार रहेकी सुनिता डंगोलले ६ हजार ३४६ मत पाएकी छन् । उनको प्रतिस्पर्धी रहेको गठबन्धनकोतर्फबाट नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार रामेश्वर श्रेष्ठले भने १ हजार ७८४ मत पाएका छन् ।

प्रतिक्रिया