काठमाडौंमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालीकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।

साहले ६१ हजार ३९० मतसहित अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार १८७ मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार ९४४ मतसहित पछ्याइरहेका छन् ।

काठमाडौंमा मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया