धन्यवाद दिन काठमाडौंका यी ठाउँमा पुग्नेछन् बालेन

काठमाडौं । काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय र्‍याली सुरु भएको छ । विजयी र्‍याली राष्ट्रिय सभागृहबाट सुरु भएको छ ।

साहले आज मतदातालाई धन्यवाद दिने कार्यक्रम पनि छ।

सभागृह–भद्रकाली–त्रीपुरेश्वोर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर र्‍याली फर्किनेछ ।

कोटेश्वोर–तिनकुने–सिनामङ्गल–तिलगङ्गा–गौशला–चावाहिल–माहारजगन्ज–सामाखुशी–नयाँबसपार्क–स्वयम्भू–सितापाइला–कलंकी–बल्खु–कुलेश्वोर–कालिमाटी–टेकु–त्रिपुरेश्वर–सुन्धारा हुँदै खुलामञ्चमा गएर र्‍याली धन्यवादसभामा परिणत हुने बताइएको छ ।

प्रतिक्रिया