क्षीरेश्वरनाथका मेयरले गरे पदभार ग्रहण, एम्बुलेन्सदेखि सिफारिस दस्तुरसम्म निःशुल्क गर्ने निर्णय

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नवनिर्वाचति नगर प्रमुख सुखदेव यादवले पदभार ग्रहण गरेको छ । शुक्रबार पदभार ग्रहण गरे लत्ततै तीनवटा निर्णय गरेका छन् ।

उनले जिल्लाभरका लागि जेष्ठ नागरिक, सुत्केरी र अशक्तअपांगको लागि निःशुल्क एम्बुलेन्स सेवा, घरबाटो सिफारिस, चारकिल्लाको सिफारिस निःशुल्क तथा नगर भित्रको पशुपालक किसानले पालेको पशुहरुको पनि पशु बिमा नगरपालिकाले गरिदिने निर्णय गरेका छन् ।

नगर प्रमुख यादवले मेरो लागि मेरो नगरबासीको स्वास्थ्य पहिलो प्राथमिकतामा रहेकोले नगरभरीका जेष्ठ नागरिक, सुत्केरी र अशक्तअपांगहरुको लागि एम्बुलेन्स सेवा निःशुल्क गरिएको बताए । उनले यस नगरपालिका भित्रकका पशुपालक किसानहरुलाई पशुधनको क्षतिबाट राहत प्रदान गर्न पशु बिमा गरिदिँदा उक्त नोक्सानीको क्षतिपूर्ति बिमाले व्यहोर्ने भएकोले उनीहरुको लागि पशु बिमा नगरपालिकाले गरिदिने निर्णय गरिएको बताए ।

नगरप्रमुख यादवले यतमात्रै होईन नगरबासीलाई अन्य करको भार कम गर्न पनि करको दरहरुलाई समायोजन गर्ने निर्णय गरेको छ । उनले गरेको यो निर्णयहरुबाट नगरबासीले प्रत्यक्ष रुपमा लाभ पाउँने भएको हुँदा उनीहरुले यो निर्णय स्वागतयोग् भएको भन्दै हर्षित समेत भएका छन् ।

प्रतिक्रिया
नागरिक मिरर