काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिहरूले आज पदभार ग्रहण गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृतले महानगर प्रमुखमा निर्वाचित बालेन्द्र साह (बालेन)लाई शपथग्रहण गराउने कार्यक्रम छ ।

त्यसपछि प्रमुख साहले अरू जनप्रतिनिधिहरूलाई शपथ गराउने छन् ।

राष्ट्रिय सभागृहमा हुने शपथपछि आजै प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने छन् ।

प्रतिक्रिया