सम्पर्कविहीन तारा एयरको खोजी बिहानैदेखि सुरु

काठमाडौं । आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनस् सुरु गरिएको छ ।

सम्पर्कविहीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी राखेका छन् । खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएन ।

पोखराबाट मुस्ताङका लागि उडेको सो विमान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया