तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव फेला

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव फेला परेको छ। सोमबार २१ शव फेला परेको नेपाली सेनाले जनाएको छ ।
सोमबारै १० शव सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । बाँकी १२ शव आजै काठमाडौं ल्याउने तयारी गरिएको सेनाले जानकारी दिएको छ ।
उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२, सानोसरेमा आइतबार दुर्घटना भएको थियो । विमानमा चालक दलका तीन सदस्य र १९ यात्री सवार थिए ।
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको ९एनएईटी विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
प्रतिक्रिया