तारा एयरको पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय

काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा(जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ।

त्यस्तै बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको एयरलाइन्सले जनाएको छ ।

उडान गन्तब्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका बसै उडानहरू रद्द भएका हुन्।

आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका ३ जनासहित २२ यात्रुको ज्यान गएको थियो ।

प्रतिक्रिया